सेनामा छिर्यो ठेउला र डेंगु आतंक
नेपाली सेनाको नेपालगञ्जस्थित ४ नम्बर बाहिनी अड्डामा ठेउला (चिकेनपक्स) र डेंगुको आतंक फैलिएको छ ।
तीन दर्जन बढी सैन्यमा ठेउला देखिएको छ । त्यस्तै, झण्डै आधा दर्जन सैन्यमा डेंगु संक्रमण पुष्टि भएको छ । उक्त बाहिनीमा सञ्चालित सैन्य आधार तालिममा संलग्न लालबहादुर धामी स्वास्थ्य समस्या भएपछि उपचारका लागि गत साउन ६ गते अस्पताल गएका थिए । ब्याच नम्बर ५४५६२ भएका उनको स्वास्थ्य परीक्षणका क्रममा ठेउला देखिएको हो ।
हाल उनी बाहिनीमा सञ्चालित अस्पतालको ‘आइसोलेशन’ मा उपचाररत छन् । उनलाई ठेउला संक्रमण भएपछि अस्पतालका निमित्त कमाण्डेण्ट महासेनानी इन्दु केसीको प्रत्यक्ष सहभागितामा १०५ जना सैन्यको स्वास्थ्य परीक्षण गरिएको थियो ।
परीक्षण गरिएकामध्ये ३९ जना ठेउला संक्रमित भएको पाइएको छ । त्यस्तै, पाँच जनामा डेंगु संक्रमण पुष्टि भएको छ । उनीहरुलाई बाहिनीकै ‘आइसोलेशन’ मा राखेर मेडिकल टिमको प्रत्यक्ष निगरानीमा उपचार गर्ने व्यवस्था मिलाइएको बुझिएको छ ।
टिप्पणीहरू