अमेरिकामा कम्युनिष्ट र्याली, ‘वर्गीय युद्ध’ को नारा
अमेरिकाको राजधानी वासिङ्गगटन नजिकै कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले जुलुस निकालेका छन् । फिलाडेल्फियाको सडकमा रिभोल्युस्नरी कम्युनिष्ट अफ अमेरिकाको ब्यानरमा निकालिएको जुलुसमा चर्का नाराबाजी गरिएको छ ।
आइतबार दिउँसो झण्डै तीन सय जना सहभागी रहेको उक्त जुलुसमा सहभागीले वर्गीय युद्धको संज्ञा दिँदै अमेरिकी समाजवादी क्रान्तिको क्रममा मजदुरहरुको जीवनस्तर उकास्दै किसान तथा मजदुर र कार्यक्षेत्रमा खटिएको वर्गले राजनीतिक तथा आर्थिक शक्तिमा पहुँच पुर्याउने विश्वास लिएका छन् ।
नारामा भनिएको छ, ‘धनीसँग संघर्ष गर्छौं, गरिबलाई खुवाउँछौं ।’ पार्टीको सम्मेलनको क्रममा कम्युनिष्ट पार्टीले पेन्सिलभानिया राज्यमा र्याली आयोजना गरेको हो ।
अमेरिकी रिभ्युल्सनरी कम्युनिष्ट पार्टीले अमेरिकाबाट पुँजीवादलाई जरैबाट उखेलेर फाल्ने बताउँदै आएको छ । नाफाखोरहरुको विद्यमान साम्राज्यलाई विस्थापित गर्दै विश्वमा रहेको अप्राकृतिक अभाव र विभेदलाई पनि उनीहरुले निर्मूल पार्ने उद्घोष गरेका छन् ।
टिप्पणीहरू