कहाँ–कसरी विश्वविद्यालयको सम्पत्ति सोत्तर

कहाँ–कसरी विश्वविद्यालयको सम्पत्ति सोत्तर

– मनोजकुमार कर्ण

त्रिविको सम्पत्ति कीर्तिपुरमा मात्र नभई देशैभरि कब्जा गरिँदै आएको छ । पाटन क्याम्पस प्रशासनबाट पनि क्याम्पसको जमिनलाई विज्ञान गेटतर्फ गुठीको भनेर भ्रममा पारिएको पाइयो भने नेपाल सरकारले नै त्रिविको जमलस्थित जग्गा खोसेको पनि तीतो सत्य हो ।

त्रिवि केन्द्रीय परिसरका जमिन र देशैभरको धेरै ठाउँका सम्पत्ति कसैले कब्जा गरेका छन् भने कसैले भाडा नतिर्ने, म्याद नपुग्दै अर्को सम्झौता गर्न क्याम्पसहरूलाई दबाब दिने गरेका छन् । 

पाटन संयुक्त क्याम्पस, पाटनढोका, ललितपुरको हाल लबिम मल पुल्चोकस्थित रहेको जग्गा २०५६ सालमा तत्कालीन क्याम्पस प्रमुख खगेन्द्रप्रसाद भट्टराईले संरक्षण गर्नुहँुदा साढे चौध रोपनी रहेकोमा २०७० भदौ ९ गते आइतवार अमन श्रेष्ठको पालामा जारी तीनपाने आधिकारिक

कागजातअनुसार १०.९.२ (दश रोपनी, नौ आना र दुई पैसा) मात्र देखिन्छ । मल परिसरमै थप प्रहरी कार्यालयसमेत बनाएर जमिन मासेको, भाडासमेत ४—५ वर्षदेखि नउठिरहेको अवस्थामा करिब ४८ लाख पर्ने निजी कार अस्वभाविकरूपले अस्पष्ट स्रोतबाट किनिएको छ ।

त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरले भाडा नतिरेको अवस्था छ । २०७६ सालमा प्रा. तीर्थराज खनियाँले ‘नेपाल सरकारले रामपुर कृषि क्याम्पसको जमिन तथा स्रोत खोसेर नयाँ विश्वविद्यालय खोल्न लाग्दा मुद्दा लडेर त्रिविअन्तर्गत ल्याउन सफल भएको’ बताएका थिए । 

जमलस्थित त्रिविको जग्गाबाट शंकरदेव क्याम्पसका कक्षाहरू तथा त्रिवि प्राध्यापक संघ, केन्द्रीय कार्यालयलाई २०७५ सालमा राष्ट्रिय पुस्तकालय बनाउने भनेर बोर्डहरूसमेत उखेली स्वयं नेपाल सरकारबाटै धपाइएकोमा सो पुस्तकालय हाल सानोठिमीतिर बनिसकेको तर जमलको जग्गा त्रिविलाई फिर्ता नगरिएको अवस्था छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू