सामुहिक बलात्कार र हत्याकाण्डले भारत तातेपछि...

सामुहिक बलात्कार र हत्याकाण्डले भारत तातेपछि...

कलकत्तामा महिला चिकित्सकको बलात्कार र विभत्स हत्यामा संलग्नमाथि कारबाही गर्नुपर्ने आवाज धेरैजसो राज्य र शहरमा बढ्दो छ । विरोध प्रदर्शनले उग्र रुप लिनसक्ने आकलन गर्दै गृह मन्त्रालयले देशभरका प्रहरी कार्यालयलाई शान्ति सुरक्षाको अवस्था काबु बाहिर जान नदिन निर्देशन दिएको छ । 

मन्त्रालयले सबै प्रहरी कार्यालयलाई आफ्नो कार्यक्षेत्रको पछिल्लो अवस्थाबारे प्रत्येक दुई घण्टामा माथिल्लो निकाय र गृह मन्त्रालयको कन्ट्रोल रुमलाई जानकारी गराउन आदेश दिएको छ । त्यस्तो जानकारी इमेल, फ्याक्स वा ह्वाट्सएपमा दिनुपर्ने र समाजको सुरक्षा अवस्थालाई नजिकबाट नियाल्दै परिस्थितिलाई काबु बाहिर जान नदिन आवश्यक व्यवस्थापन गर्नुपर्ने छ ।

 

कलकत्ताको एउटा मेडिकल कलेजमा कार्यरत महिला ट्रेनी डाक्टरमाथि भएको बलात्कार र हत्याविरुद्ध चिकित्सकहरुले भारतभर प्रदर्शन र हडताल गरेका छन् । इमर्जेन्सी बाहेक अन्य सबै क्लिनिक र अस्पताल सेवा ठप्प पारेर करिब १० लाख चिकित्सक सडकमा ओर्लेका छन् ।

सामूहिक बलात्कारपछि गरिएको क्रुर हत्याबाट ज्यान गुमाएकी डाक्टर र उनको परिवारलाई न्याय दिलाउन माग गर्दै डाक्टरहरुले २४ घण्टे हडताल गरेको बताएका छन् । हिजो बिहानदेखि गरिएको हड्ताल सरकारले छानबिन कमिटी बनाउने आश्वासन दिएपछि आज बिहान ६ बजे अन्त्य भएको छ ।

टिप्पणीहरू