रास्वपाबाट लखेटिए बाहुन, नेतृत्वलाई अप्ठेरो पारेको आरोप

रास्वपाबाट लखेटिए बाहुन, नेतृत्वलाई अप्ठेरो पारेको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेश महामन्त्री पारस बाहुनलाई बर्खास्त गरेको छ । संगठन र नेतृत्वलाई असफल बनाउने क्रियाकलाप गरेको आरोपमा उनी पार्टीको कारवाहीमा परेका हुन् । 

गत पुस १३ गते प्रदेश सभापति प्रकाश विष्टले उनलाई महामन्त्री पदमा नियुक्त गरेका थिए । तर, पछिल्लो नेतृत्वलाई असहज तथा असफल बनाउने विविध क्रियाकलाप गरेको अभियोग लगाएर उनीसँग स्पष्टीकरण मागिएको थियो । त्यसको जवाफ सन्तोषजनक नभएको जनाउँदै जिम्मेवारीबाट मुक्त गरेको विष्टले जानकारी दिए ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको विधान, २०७९ को धारा–३०, उपधारा–१ को (ग) र दोस्रो संशोधन विधानको भाग–७, धारा–२८, उपधारा–१ को (ट) बमोजिम यहाँलाई आजको मिति २०८१ भद्रौ १३ गते बिहीबारका दिनदेखि प्रदेश महामन्त्री पदको जिम्मेवारीबाट मुक्त गरिएको व्यवहोरा जानकारी गराउँदछु,’ प्रदेश सभापति विष्टले बाहुनलाई थमाएको पत्रमा उल्लेख छ । 

रास्वपाले हालसालै केन्द्रीय महामन्त्री डा.मुकुल ढकाललाई पनि पार्टीबाट निकालेको छ । सभापति रवि लामिछानेको विरोधमा बोलेको र लान्छना लगाएको अभियोगमा पटक-पटक स्पष्टीकरण सोधेर अन्त्यमा साधारण सदस्यसमेत नरहनेगरी उनलाई कारवाही गरेको हो ।

टिप्पणीहरू