सबै इमान्दार भए दुर्व्यसनी रोकिने माधव नेपालको विश्वास

सबै इमान्दार भए दुर्व्यसनी रोकिने माधव नेपालको विश्वास

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लागूऔषध दुव्र्यसनीबिरुद्धको अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यस्तो धारणा राख्नुभएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले लागूपदार्थ सेवन तथा कारोवारमा संलग्नहरुको सञ्जाललाई समाप्त पार्न सके समाजमा आप्राध्का घटना न्यूनीकरण हुने बताउनुभयो । 

सबै इमान्दार भएर लागे अपराधजन्य गतिविधि नियन्त्रण गर्न सकिने उहाँको विश्वास छ ।

‘दुव्र्यसनीबिरुद्धको अभियान जुन छ, अझै प्रभावकारी रुपमा अघि बढाउनुपर्छ । लागुपदार्थ दुव्र्यसनी र दुव्र्यसनीका व्यापारजन्यहरुको सञ्जाल देखिएको छ । यसलाई कुनै रुपमा समाप्त पार्नुपर्छ', अध्यक्ष नेपालले भन्नुभयो, 'यो सानो देश हो, तीन करोड जनसंख्या छ । यदी प्रत्येक व्यक्तिहरु आफ्नो ठाउँमा इमान्दार भए भने बद्मासलाई तह लगाउन सकिन्छ । तिनीहरुलाई थुनामा राख्न सकिन्छ । जेल कोच्न सकिन्छ । जनताको बीचमा नांगेझार पार्न सकिन्छ ।'

अपराधीहरुलाई कसैले पनि संरक्षण गर्न नहुनेमा जोड दिँदै उहाँले दुव्र्यसनीमा फसेकालाई सुधार्ने कोशिस गर्नुपर्छ भन्नुभयो ।

टिप्पणीहरू