देशमा अब काटमार नहुने देउवाको विश्वास

देशमा अब काटमार नहुने देउवाको विश्वास

नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्याय (टिआरसी) सम्बन्धी कानून बनेसँगै देशमा द्वन्द्व र काटमारको स्थित अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । संसदबाट सर्वसम्मत पारित भइ गएको टिआरसी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणित भइसकेको भन्दै देउवाले खुशीसमेत व्यक्त गर्नुभयो । 

‘अहिले एउटा महत्वपूर्ण कुरा के छ भने टिआरसी भनेर हामीले संसदबाट सर्वसम्मतिले पास गरेका छौँ । राष्ट्रपतिज्यूबाट पनि प्रमाणीकरण भइसकेको छ', उहाँले भन्नुभयो, 'अब पुरानो द्वन्द्व, काटमार जुन थियो, त्यो कुराहरुको अन्त्य हुनेछ भन्ने मलाई विश्वास छ ।'

द्धन्द्ध निरुपण हुने स्थिति बनेसँगै मुलुक विकास र अन्य काममा अगाडि बढ्नेमा देउवाको विश्वास छ । अहिलेको गणतन्त्र बहुदलीय व्यवस्थामा आधारित रहेको जनाउँदै उहाँले अब स्थायीरुपमा स्थापित गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

टिप्पणीहरू