मन्त्रालय फुटाइएपछि एमाले तयार

मन्त्रालय फुटाइएपछि एमाले तयार
सुन्नुहोस्

राजनीतिक भागबण्डा मिलाउन गण्डकी प्रदेशमा दुई मन्त्रालय फुटाइएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले वन, वातावरण तथा पर्यटन मन्त्रालय र सामाजिक विकास तथा स्वाथ्य मन्त्रालय फुटाउने निर्णय गरेको छ । योसँगै सात मन्त्रालय रहेको गण्डकीमा मन्त्रालय संख्या नौ पुगेको छ ।

भागबण्डा नमिल्दा एमाले सरकारमा लामो समयदेखि सहभागी भएको थिएन । काँग्रेसबाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित विन्दुकुमार थापा, टकराज गुरुङ मन्त्री छन् । नेकपा समाजवादी पार्टीबाट फणिन्द्र देवकोटा र स्वतन्त्र निर्वाचित दीपक मनाङे मन्त्री रहेका गण्डकीमा अब एमालेका चार जनालाई मन्त्री बनाउने तयारी छ । 

पछिल्लो समय प्रदेशमा दलीय भागबण्डाकै लागि मन्त्रालय फुटाउने प्रवृत्तिको चर्को आलोचना भइरहेको बेला गण्डकीमा पनि दोहोर्याइएको छ । मुख्यमन्त्री पाण्डेले भने मन्त्रालय फुटाइए पनि संरचना भने पहिल्यैदेखि रही आएको बताएका छन् । उनले भने, ‘मन्त्रालय मात्र थपिएको हो, संगठन संरचना पहिल्यैदेखि छ, सचिवहरु पनि नौ जना नै छन् ।’

टिप्पणीहरू