काँग्रेस सभापतिको महामन्त्रीलाई सोधनी : तपाईंले भनेको मैले मान्नुपर्ने हो र ?

काँग्रेस सभापतिको महामन्त्रीलाई सोधनी : तपाईंले भनेको मैले मान्नुपर्ने हो र ?

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्माको प्रस्ताव अस्वीकार गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले आगामी दिनमा अरुलाई नै प्रधानमन्त्री बनाउन प्रस्ताव गरेपछि सभापति देउवाले अस्वीकृत गर्नुभएको हो ।

महामन्त्री शर्माले विनम्रतापूर्वक भनेका थिए, ‘प्रधानमन्त्री बन्न एकसे एक अग्रज नेताहरु प्रतिनिधिसभामा हुनुन्छ, जो अनुभवी र दक्ष पनि हुनुहुन्छ । उहाँहरुमध्ये कसैलाई पनि हामीले प्रधानमन्त्री बनायौं भने, एक सभापतिको त्याग देखिन्छ, दुई, उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ, र तीन ०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौं ।’

शर्माले सभापति देउवालाई एउटा त्यागको उदाहरण देखाउन आग्रह गर्दै शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, अर्जुनरसिंह केसीमध्ये जो कोहीलाई पनि प्रधानमन्त्री बनाउन आग्रह गरेका थिए । 

तर शर्माको उक्त विनम्र प्रस्तावलाई सभापति देउवाले भने एकै वाक्यमा पूर्णविराम लगाइदिनुभयो । महामन्त्री शर्माको बोल्दा बोल्दै सभापति देउवाले भन्नुभयो, ‘तपाईंले भनेर मैले मान्ने हो र ?’ त्यसपछि एकछिन बैठकमा हाँसो गुञ्जिएको थियो ।

टिप्पणीहरू