व्यवसायीहरु एकीकृत जाँच चौकी छाडेर अन्यत्र आकर्षित

व्यवसायीहरु एकीकृत जाँच चौकी छाडेर अन्यत्र आकर्षित
सुन्नुहोस्

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालगञ्जस्थित एकीकृत जाँच चौकी (आइसिपी) को अवलोकन गर्नुभएको छ । उहाँ नेपाल भारत सीमा नजिकै निर्मित आइसिपी अवलोकनका लागि बिहान त्यहाँ पुग्नुभएको थियो ।

गत वर्ष जेठ १८ गते आफैँले उद्घाटन गरेको जाँच चौकीबारे उहाँले जानकारी लिनुभएको छ । भन्सार कार्यालय नेपालगञजका निमित्त प्रमुख भन्सार अधिकृत पूर्ण लम्सालले गराएको जानकारीमा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि धेरै परिवर्तन आएको, व्यस्थित गोदाम र अन्य भौतिक संरचनाले सामानको सुरक्षाका साथै काममा गतिशीलता आएको उल्लेख छ । 

तर आइसिपी सञ्चालनपछि भण्डारण वापतको दैनिक शुल्क व्यवसायीले इन्टरमोडल विकास समिति अन्तर्गतको ठेकेदार कम्पनीलाई बुझाउनुपर्ने व्यवस्था भएकाले अन्य नाका रोज्न थालिएको बताइन्छ । अन्य नाकाबाट सामान आयात गर्दा धेरै दिनसम्म भण्डारण शुल्क नलाग्ने भएकाले उनीहरुको रोजाई अन्यत्र देखिन थालेको हो ।

आइसिपी सञ्चालन नभएका कापिलवस्तुको कृष्णनगर र धनगढीको गौरीफन्टा नाका उनीहरुको रोजाईमा पर्न थालेको हो ।

टिप्पणीहरू