माधव नेपाल मध्यराती मस्कोतिर
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रुस जानुभएको छ । भोलिदेखि शुक्रबारसम्म हुन लागेको ‘साउथ एशियन इकोनोमिक फोरमको प्यानल डिस्कसन’ मा सहभागी हुन उहाँ मलेसियाको राजधानी क्वालालम्पुर हुँदै मस्को जानुभएको बताइएको छ ।
रुसी कम्युनिष्ट पार्टीले आयोजना गरेको विश्वका कम्युनिष्ट पार्टीहरुको भेलाको क्रममा उक्त छलफल हुन लागेको हो । सम्मेलनमा नेपाल, चीनलगायत विभिन्न देशका कम्युनिष्ट नेताहरु सहभागी हुँदै छन् ।
मलेसियन एअरलाइन्सको उडान नम्बर एमएच ११५ मा हिजोराति पौने १२ बजे काठमाडौंबाट क्वालालम्पुर जानुभएका अध्यक्ष नेपाल भदौ २२ गते स्वदेश फर्कने कार्यक्रम छ ।
टिप्पणीहरू