घाटामा चलेकाहरू

घाटामा चलेकाहरू
सुन्नुहोस्

देशका धेरै उद्योग घाटामा गइरहेको छ । उद्योगपतिहरू पीडित छन् । त्यसैले प्रधानमन्त्रीसमक्ष हारगुहार गर्न गएछन् । प्रधानमन्त्रीले ठाडै भन्नुभएछ– घाटाको उद्योग किन चलाउनु ? बरु, सबै बन्द गरिदिनू !

प्रधानमन्त्रीको भनाइ सुनेर उद्योगपतिहरू छक्क परे होलान् । (जो छक्क परेनन् ती उद्योगपति होइनन् ।) वास्तवमा कुरो सही हो । उद्योग यदि घाटामा छ भने चलाउनु किन ? उद्योग त फाइदा गर्न चलाउने हो । घाटा भए बन्दै गर्ने हो । कुरा सीधा छ । 

तर, यसमा एउटा समस्या छ । कुरा के भने अहिले देशमा उद्योग मात्र होइन, धेरै कुरा घाटामा छ । उद्योग घाटामा छ, कृषि घाटामा छ, व्यापार घाटामा छ, बजार घाटामा छ । अरूको के कुरा, स्वयम् देशै घाटामा छ । देश घाटामा चलिरहेको छ । मन्त्रालयहरूको रिपोर्ट पढ्नोस्, देश घाटामा चलिरहेको थाहा भइहाल्छ । अब यो देश पनि बन्द गर्ने कि ? घाटामा चल्ने सबै बन्द गर्ने हो भने त देश पनि बन्द गर्नुप¥यो नि । बन्द गर्ने हो त ?

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू