पानी आयो, जहाज आएन

पानी आयो, जहाज आएन

दुई दिन देशैभरि भयंकर पानी प¥यो । यस्तो बेला काठमाडौं उपत्यका निवासीले प्रधानमन्त्री केपी ओलीलाई खुब सम्झे । सम्झनु स्वाभाविक पनि हो ।

जो प्रधानमन्त्री यस्तो विपद्को बेला देशमा हुँदैन, उनलाई नसम्झे कसलाई सम्झनु ? तर अस्ति उपत्यकावासीले सम्झनुको कारण त्यो होइन । कारण के हो भने लगातारको वर्षाले गर्दा उपत्यका नै पानीले भरियो ।

नख्खु खोला, बागमती खोला, हनुमन्ते खोला, मनोहरा खोला यस्तरी उर्लेर आयो कि मानिसको घर घरै पानीले भरियो । यस्तो बेला मान्छेले सम्झे, केपी ओलीको जहाज । उहाँले नेपालको झण्डा भएको पानी जहाज चलाउने कुरा गर्नुभएको थियो । उहाँले जहाजको कुरा गर्दा उपत्यकामा पानी थिएन ।

अस्ति पानी आयो । जहाज थिएन । पानी जहाज चलाउने भए उपयुक्त मुहूर्त त्यही थियो । मुहूर्त गुम्यो । केही छैन । अब अर्को वर्षामा चलाउँला ।

 

टिप्पणीहरू