वरिष्ठ पत्रकार "नरेन्द्र दाइ"को अमेरिकामा निधन

वरिष्ठ पत्रकार "नरेन्द्र दाइ"को अमेरिकामा निधन

युवा पुस्तामाझ नरेन्द्र दाइका नामले चिनिने वरिष्ठ पत्रकार  एन.पी.उपाध्याय १० दिनदेखि उपचार गर्दागर्दै अमेरिकाको क्यालिफोर्नियास्थित अस्पतालमा बित्नुभएको छ ।

सन १९४० को अन्त्यतिर सप्तरी जिल्लाको बैरवामा जन्मनुभएका उहाँका पुर्खा राजा पृथ्वीनारायण शाहको दरबारमा सेवा गर्दथे । बिराटनगरमा हुर्किएका उपाध्याय आदर्श विद्यालयमा अध्ययन गरी १९६० को दशकको मध्यतिर काठमाडौं आउनुभयो । परिवारले भारतको बनारसमा अध्ययन गर्न सुझाव दिए पनि  १९६९ मा "ज्योति साप्ताहिक" बाट पत्रकारिता शुरु गरेर अङ्ग्रेजीमा "टेलिग्राफ साप्ताहिक"लाई तीन दशकभन्दा लामो समयसम्म सम्पादकका रुपमा निरन्तरता दिनुभयो ।

उहाँका लेखहरू मुख्यत: भारत,नेपाल र दक्षिण एशियाली क्षेत्रबीचको भू-राजनीतिक तनाव र पाकिस्तानलाई क्षेत्रीय शक्ति मान्नुपर्ने आवश्यकतामाथि केन्द्रित थिए। 

छोरा निरज अर्यालका अनुसार २०१५ को भूकम्पपछि स्वास्थ्य बिग्रियो,तर परिवारको सहयोगले तङ्गृएर आफ्नो कामलाई निरन्तरता दिनुभयो । नेपालको पत्रकारिता क्षेत्रमा उहाँको योगदान अतुलनीय छ । जनआस्था परिवार उहाँप्रति भावपूर्ण श्रध्दान्जलि तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।

टिप्पणीहरू