भारतीय प्रधानमन्त्रीका सल्लाहकारसँगै नयाँ दिल्ली पुगे प्रेम आले

भारतीय प्रधानमन्त्रीका सल्लाहकारसँगै नयाँ दिल्ली पुगे प्रेम आले
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद प्रेमबहादुर आले भारतको राजधानी नयाँ दिल्ली गएका छन् । उनी पारिवारिक भेटघाट, व्यापारिक काम र स्वास्थ्य उपचारका लागि आज बिहान भिस्तारा एअरलाइन्सको उडान नम्बर युके १५८ मा काठमाडौंबाट त्यता गएका हुन् । 

गत असारमा सम्पन्न उक्त पार्टीको महाधिवेशनमा आले अनुपस्थित भएका थिए । डोटीबाट निर्वाचित सांसद आले पार्टी संगठनको जिम्मेवारीबाट टाढा रहँदै आएका छन् ।

सोही उडानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक सल्लाहकार समितिका सदस्य लक्ष्मी पुरी र विकास स्वरुप पनि नयाँ दिल्ली गएको बताइएको छ ।
 

टिप्पणीहरू