प्रधानमन्त्रीले तोकेको समयमा खाजा नखाने कर्मचारीलाई कारबाही
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा कर्मचारीले दिउँसो खाने खाजा समय तोकिदिनुभएको छ । खाजाको बहानामा लामो समय कर्मचारी कार्यालयमा अनुपस्थित हुँदा सेवाग्राही मर्का परेको बताउँदै प्रधानमन्त्रीले सामाजिक सञ्जालमा समय तोक्नुभएको छ ।
प्रधानमन्त्रीका अनुसार अबदेखि सरकारी कार्यालयमा खाजा समय दिउँसो साढे १ बजेदेखि २ बजे कायम गरिएको छ । यसअघि एक घण्टा तोकिएको खाजा समयलाई प्रधानमन्त्रीले आधा घण्टामा झार्नुभएको हो ।
प्रधानमन्त्रीले लेख्नुभएको छ, ‘कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकोले त्यसबाट घटाएर हरेक दिन १.३० बजेदेखि २ बजेसम्म कायम गरिएको छ ।’ उक्त समयको उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध गर्नुभएको छ ।
टिप्पणीहरू