नियुक्ति सकाएपछि परराष्ट्रमन्त्रीको प्रतिबद्धता

नियुक्ति सकाएपछि परराष्ट्रमन्त्रीको प्रतिबद्धता
सुन्नुहोस्

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदुत नियुक्तिलाई आगामी दिनमा समावेशी बनाइने प्रतिबद्धता जनाउनुभएको छ । सिंहदरबारमा आज बसेको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उहाँले उक्त धारणा राख्नुभएको हो ।

आजको बैठकमा हालै गरिएको १७ राजदूत नियुक्तिमा समावेशी नभएको जनाउँदै सांसदहरुले मन्त्रीसँग प्रश्न उठाएपछि मन्त्री राणाले प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘मैले मुस्लिम र दलित समुदायको प्रतिनिधित्व खोजेँ तर सोअनुसार भएन ।’ 

मन्त्रीले सरकारी प्रतिनिधिमण्डलमा एकभन्दा धेरै सदस्य रहेको अवस्थामा एक जना महिलाको उपस्थिति अनिवार्य हुनुपर्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको जानकारी गराउनुभयो ।
 

टिप्पणीहरू