चाहियो ‘धन मन्त्रालय’

चाहियो ‘धन मन्त्रालय’

गण्डकी प्रदेशमा दिपक मनांगे रिसाएको समाचार छ । रिसाएका मनांगेले आफूले पाएको मन्त्री पदसमेत त्यागेर राजीनामा दिनुभएछ । मनांगे रिसाएपछि सरकार कसरी बन्छ ? सरकारै नबनेपछि संघीय व्यवस्था कसरी चल्छ ? दिपक मनांगे रिसाउँदा अहिले संघीय व्यवस्थामाथि नै संकट आइपरे जस्तो छ । 

मनांगे रिसाउनुको कारण रहेछ, उहाँलाई वन मन्त्रालयको मन्त्री बनाउनु । अरे वन मन्त्रालयको मनांगेलाई के काम ? उहाँलाई चाहिएको त ‘धन मन्त्रालय’ हो । धन मन्त्रालय अरूले लिएर आफूलाई वन मन्त्रालय दिएपछि रिस उठ्नु स्वाभाविकै हो । त्यसैले कुरा सिधा छ– दिने भए ‘धन मन्त्रालय’ देऊ, नदिने भए वन मन्त्रालय पनि फिर्ता लेऊ । यस्ता जाबो वन मन्त्रालय चलाउन मन्त्री हुनुभएको हो उहाँ ?

टिप्पणीहरू