वसन्तपुरमा इन्द्रजात्राको रौनक

वसन्तपुरमा इन्द्रजात्राको रौनक
सुन्नुहोस्

यो वर्षको इन्द्रजात्रा पर्व शुरु भएको छ । आगामी मंगलबार मनाइने इन्द्रजात्राका लागि वसन्तपुरमा तीन वटा रथ बनाउने काम भइरहेको छ । 

यो पर्व वर्षा र सहकालका देवता इन्द्रको पूजा, आराधना गरी परम्परागत शैलीमा मनाइन्छ । आठ दिनसम्म चल्ने यो जात्रा काठमाडौं उपत्यकामा मनाइने सबैभन्दा ठूलो जात्रा हो । यो अवधिमा विभिन्न नाच, कुमारी, भैरव, गणेशको रथयात्रा पनि हुन्छ। 

आज बिहान १०ः३२ को शुभ साइतमा इन्द्रजात्राको लिङ्गो (योँसी) भोटाहिटीबाट हनुमानढोका लगिएको छ ।    काठमाडौंलगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखामा इन्द्रजात्रा परम्परागत रूपमा मनाइन्छ । 

१२ औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गमस्थल हो । सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाडमध्ये दशैं, तिहार र फागुपर्वभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविद्हरूले पुरानो मानेका छन् ।


 

टिप्पणीहरू