मलाइकाका पिताको आत्महत्याबारे अनुसन्धान जारी

मलाइकाका पिताको आत्महत्याबारे अनुसन्धान जारी

बलिउड अभिनेत्री मलाइका अरोडाका पिताले आत्महत्या गरेका छन् । अनिल अरोडाको आज बिहान मुम्बईको बान्द्रास्थित आयशा मैनौर भवनबाट हामफालेपछि ज्यान गएको छ ।

घटनापछि पुणेमा छायांकनमा व्यस्त मलाइका बान्द्रा पुगेकी छन् । अनिलले सातौं तलाबाट हामफाल्दा घटनास्थलमै मृत्यु भएको बान्द्राका डीसीपी राज तिलक रोशनले पुष्टि गरे । उनका अनुसार अहिले शवको पोस्टमार्टम भइरहेको छ । 

अनिलले बिहान सँधैँ अपार्टमेन्टको बाल्कोनीमा बसेर पत्रिका पढ्ने गरेको मलाइकाले बताइन् । सोही बाल्कोनीबाट हामफालेका उनको केही मिनेटमै प्राण गएको अपार्टमेन्टका सुरक्षागार्डको भनाई छ ।
 

टिप्पणीहरू