गति बढाउन मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

गति बढाउन मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग प्रत्यक्ष जोडिएका कामहरुमा ढिलासुस्ती नगर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । 

चालु आर्थिक वर्षका मुख्य काम र लक्ष्यका लागि आज सिंहदरबारमा कार्यसम्पादन सम्झौता गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । 

‘हाम्रो कमजोरी बिस्तारै गर्ने विगतको अभ्यास छ, ढिलो र अलमल गर्ने, विश्राम गर्ने सुविधा अव हामीसँग छैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘गतिमा तीव्रता, काममा योजनाबद्धता चाहिन्छ, पारस्परिक साथ र सहयोग चाहिन्छ ।’

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कार्यसम्पादन सम्झौताले सहयोग गर्ने प्रधानमन्त्री ओलीले विश्वास पनि व्यक्त गर्नुभयो । ‘कामलाई व्यवस्थित र गति दिन यसले सहयोग पुर्‍याउनेछ भन्ने विश्वस्त छु, कार्यसम्पादन सम्झौतामा छैन भनेर गर्नुपर्ने काम नगर्ने होइन’, उहाँले भन्नुभयो ।

टिप्पणीहरू