पूर्वराजाको फोटो देखाउँदै नारायणहिटी अगाडि मूर्दावादको नारा

पूर्वराजाको फोटो देखाउँदै नारायणहिटी अगाडि मूर्दावादको नारा

राजा र हिन्दुराष्ट्र फर्काउने अभियानअन्तर्गत राजावादीहरुको एक समूहले नारायणहिटी अगाडि प्रदर्शन गरेको छ ।   

'राष्ट्रवादी नागरिक समाज'को ब्यानरमा आज अपराह्न नारायणहिटी दरबार संग्रालयको दक्षिण गेटअगाडि सडकमा विरोध प्रदर्शन भएको हो । 'श्री ५ को सरकार नारायणहिटी राजदरबार' लेखिएको ब्यानरसहित सडकमा उत्रिएका प्रदर्शनकारीले राजसंस्था पुनर्वहालीको माग गर्दै चर्को नाराबाजी गरे

पूर्वराजा ज्ञानेन्द्र शाहको फोटो प्रदर्शन गर्दै उनीहरुले 'हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ', 'राजतन्त्र जिन्दावाद', राजा आउ देश बचाऊ' जस्ता नारा लगाएका थिए । 

गणतान्त्रिक व्यवस्था र राजनीतिक दलका शीर्ष नेताविरुद्ध भने राजावादीहरुले चर्को आक्रोश पोखेका छन् । उनीहरुले 'भ्रष्टाचारी नेता सत्ता छोड', 'गणतन्त्र मूर्दावाद', ओली -देउवाको पाराले दु:ख पायो साराले' लगायतका नारा लगाए । 

राजतन्त्रको पक्षमा वकालत गर्दै आएको यो समूहले निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ ।

टिप्पणीहरू