पुरानो गल्तीलाई उचालेर उपसभामुख हटाउन हुँदैन : माओवादी केन्द्र

पुरानो गल्तीलाई उचालेर उपसभामुख हटाउन हुँदैन : माओवादी केन्द्र
सुन्नुहोस्

नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानामगरले गल्ती गरेको भएपनि पदबाट हटाउन नमिल्ने धारणा बनाएको छ । नेपाली काँग्रेस र एमालेले उपसभामुख हटाउन खोजे सशक्त प्रतिवाद गरिने पार्टीको आज बसेको संसदीय दलको बैठकको निर्णय छ ।

प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘सत्ता गठबन्धनले उपसभामुखलाई हटाउन खोजे प्रतिवाद गर्ने निर्णय गरिएको छ । यसमा सत्ता गठबन्धनको नियत ठीक नभएको पाइयो ।’

टिप्पणीहरू