कलाकारहरु अमेरिका उडेपछि अनेक आशंका

कलाकारहरु अमेरिका उडेपछि अनेक आशंका
सुन्नुहोस्

पछिल्लो समय नेपाली गीतसंगीत र चलचित्रसम्बन्धी फेस्टिभल तथा अवार्ड समारोहहरु मलुक बाहिर धेरै आयोजना हुन थालेका छन् । नेपाली कला संस्कृतिलाई विश्वभर फैलाउने उद्देश्यले गरिएका यस्ता कार्यक्रमको बहानामा मानव ओसार–पोसारका घटनाहरु भएको तथ्य पनि बाहिरिएको छ । 

यसैबीच फेरि एउटा फिल्म अवार्डको लागि भन्दै एक दर्जन कलाकार अमेरिका उडेका छन् । पर्सि हुने ‘एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ कार्यक्रममा भाग लिन पुरानादेखि नयाँ कलाकार अमेरिका गएका छन् । 

अभिनेत्री करिष्मा मानन्धर, केदार घिमिरे, बसुन्धरा भुसाल, शम्भुजित बाँस्कोटा, सन्दीप क्षेत्रीसहितको टोली आज त्यसतर्फ उडेको छ । सोही कार्यक्रमका लागि केही कलाकारहरु भने यसअघि नै उता पुगिसकेका छन् । 

यस प्रकारका फेस्टिभल, अवार्ड कार्यक्रममा सामान्यतयाः सहभागी नहुने पुराना निर्देशक, लेखक तथा समीक्षक प्रकाश सायमी पनि अमेरिका पुगेका छन् । उनी केही दिनअघि अमेरिका पुगेका हुन् । चलचित्र क्षेत्रमा सायमीलाई समालोचकको रुपमा चिनिन्छ । 

उक्त अवार्ड समारोहमा क–कसलाई कुन पुरस्कार दिइने हो ? कुन विधामा दिइने हो ? पुरस्कार प्राप्त गर्ने मापदण्ड के हो ? यसबारे आयोजकले विस्तृतमा खुलाएको छैन । तर, चलचित्र वृत्तमा शंका गरिएको छ, ‘स्थापित कलाकारको अनुहार देखाएर कसैले मानव ओसार पोसार नहोस् ।’

टिप्पणीहरू