सिफारिस भएका राजदूतहरुबारे सिंहदरबारमा निर्णय गरिँदै
संसदीय सुनुवाई समितिको सिंहदरबारस्थित संसद सचिवालयमा बसेको बैठकले १७ जना प्रस्तावित राजदूतहरुको बारेमा निर्णय गर्न लागेको छ ।
यसअघि साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा गतसाता उनीहरुको सुनुवाई सम्पन्न भइसकेको छ ।
यसबीचमा भएका दुई वटा सिफारिसबारे समितिले हालसम्म सुनुवाई प्रक्रिया शुरु गरेको छैन । बेल्जियमका लागि परराष्ट्र सचिव सेवा लम्साल र अष्ट्रेलियाको लागि चित्रलेखा यादव सिफारिस भएका छन् । साउनमा सिफारिस भएकी कान्ता रिजालको नाम सरकारले फिर्ता लिएपछि उक्त स्थानमा सरकारले गत बिहीबार सिफारिस गरेको हो ।
टिप्पणीहरू