सहकारी ठगीमा रविको संलग्नता पुष्टि, हस्ताक्षरपछि प्रतिवेदन बुझाईंदै

सहकारी ठगीमा रविको संलग्नता पुष्टि, हस्ताक्षरपछि प्रतिवेदन बुझाईंदै

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गरेको छ । समितिले तयार पारेको प्रतिवेदनमा सातै जना सदस्यहरुले बिहान ११ बजे हस्ताक्षर गरेपछि दिउँसो १ बजे सभामुख देवराज घिमिरेलाई बुझाउने तयारी छ । 

छानबिन समितिको हिजो बिहान १० बजेदेखि आज बिहान ३ बजेसम्म बसेको बैठकले उक्त निर्णय गरेको छ । गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु–जीबी राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गरेको, दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको भेटिएपछि ठगीमा लामिछानेको प्रत्यक्ष संलग्नता पाइएको बताइन्छ । 

उनीहरुले गोर्खा मिडियाको चेकमा पटक पटक हस्ताक्षर गरेर खर्च गरेको प्रमाणसमेत समितिले जुटाएपछि लामिछानेको ठगी पुष्टि गरिएको हो । लामिछानेले कम्पनीका सबै आधिकारिक कागजातामा हस्ताक्षर गरेको देखिन आएको छ । उनले सहकारीको रकमबाट कम्पनीमा सेयर लगानी गरेकोमा पनि समितिले ठहर गरेको छ ।
 

टिप्पणीहरू