आज मुस्लिम धर्मावलम्बीलाई बिदा

आज मुस्लिम धर्मावलम्बीलाई बिदा

सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को अवसरमा आज नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । गृह मन्त्रालयका अनुसार मुस्लिम आयोगले आज मोहम्मद जयन्ती परेको जनाएपछि बिदा दिइएको हो ।

‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

टिप्पणीहरू