सर्वोच्चको आदेशविरुद्ध कुपण्डोल पुलमुनि छलफल
काठमाडौं उपत्यकाको नदी किनारमा थप २० मिटरभित्र संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाविरुद्ध सरोकारवालाहरुले संयुक्त प्रदर्शनको तयारी गरेका छन् ।
संघर्ष समिति गठन गरेर छुट्टाछुट्टै आन्दोलन गर्दै आएका नौ वटा संगठनले एकीकृत प्रदर्शन गर्न लागेका हुन् । ‘गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेजी’को निम्ति भन्दै ‘बृहत मोर्चा’ बनाएर विशेष प्रकारको प्रदर्शन गर्न लागेको संयोजक सुमन सायमीले जानकारी दिएका छन् ।
यसबारे थप जानकारी दिन मोर्चाले आज पत्रकार सम्मेलन गर्दैछ । अपरान्ह ४ बजे कुपण्डोल पुलमुनि पत्रकार भेटघाट गर्न लागेको जानकारी गराइएको छ ।
टिप्पणीहरू