अटेरी ठेकेदारलाई सात दिने पुर्जी

अटेरी ठेकेदारलाई सात दिने पुर्जी

ठेक्का ओगटेर निर्धारित समयमा काम सम्पन्न नगर्ने झण्डै एक दर्जन निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले स्पष्टीकरण सोधेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले दश निर्माणकर्तालाई सात दिनको समय दिएर स्पष्टीकरण सोधेको हो । तोकिएको समयमा चित्तबुझ्दो लिखित जवाफ नबुझाए उनीहरुलाई कालोसूचीमा राख्ने कार्यालयको चेतावनी छ । 

स्पष्टीकरण मागिएका ठेकेदार कम्पनीमा युनिभर्सल ट्रेड एण्ड टेक्नोलोजी प्रालि, नाटेश्चरी निर्माण सेवा एण्ड अडर सप्लायर्स, ट्राभलर्स क्रियु कन्स्ट्रक्सन, यास के शाही कन्स्ट्रक्सन एण्ड सप्लायर्स रहेका छन् । 

त्यस्तै, सिद्धार्थ ट्रेड एण्ड सप्लायर्स, एमएस सफ्वेयर ग्रुप लिमिटेड, एमएस एमडी अप्टिकल सोलुसन प्रालि, शिलादेवी एसबिडि निर्माण सेवा प्रालि, अमन कन्स्ट्रक्सन कम्पनी र राजेन्द्र–रफिना–राम जेभीलाई पनि स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ ।
 

टिप्पणीहरू