पोखरामा ६३ पुरुष, २३ महिला फरार प्रतिवादी पक्राउ

पोखरामा ६३ पुरुष, २३ महिला फरार प्रतिवादी पक्राउ

कास्की प्रहरीले एक महिनामै विभिन्न मुद्दाका ८६ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको टोलीले भदौ १ गतेदेखि ३१ गतेसम्म ती प्रतिवादीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

उनीहरुबाट आठ वर्ष १० महिना एक दिन कैद सजाय र ४६ लाख ४२ हजार नौ सय रुपैयाँ जरिवाना असुल गर्न बाँकी छ । पक्राउ परेकामध्ये ६३ जना पुरुष र २३ जना महिला हुन् । सबैभन्दा धेरै चेक अनादर मुद्दामा फरार ५२ जना प्रतिवादी समातिएका छन् । 

त्यसपछि लागूऔषध मुद्दामा नौ जना पक्राउ परेको प्रहरीले जनाएको छ । यस्तै, चोरी, अपहरण तथा शरीर बन्धक, हातहतियार तथा खरखजना र नागरिकता तथा छाप दस्तखत किर्ते मुद्दामा एक÷एक गरी कुल चार जना समातिएका छन् । 

राष्ट्रिय वन क्षेत्रमा रुख कटान गरी फँडानी गरेको मुद्दाका दुई, बाल यौन दुरुपयोग मुद्दाका दुई, बैंकिङ्ग कसुर मुद्दाका छ, अभद्र व्यवहार मुद्दाका तीन, लेनदेन मुद्दाका तीन, सवारी ज्यान मुद्दाका दुई र जालसाझी मुद्दाका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
 

टिप्पणीहरू