'किङ अफ पर्सा’ भन्दै धम्क्याउँदा प्रहरीको फेला

'किङ अफ पर्सा’ भन्दै धम्क्याउँदा प्रहरीको फेला
सुन्नुहोस्

सामाजिक सञ्जालमार्फत समाजमा अराजकता फैलाएको अभियोगमा एक युवक पक्राउ परेका छन् । 

पर्साको वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा बस्ने २१ वर्षीय ओमकुमार पटेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनले फेसबुक, टिकटक, इन्ट्राग्राम, ट्विटरलगायतमा ‘किङ अफ पर्सा’ नामक आईडी बनाएर अपशब्द बोल्दै हातहतियार प्रदर्शन गरी डर, त्रास देखाउनुका साथै समाजमा द्धन्द्ध सिर्जना गर्ने कार्य गरेको आरोप लागेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनलाई आज वीरगञ्ज–१५, प्रतिमाचोक नजिकबाट समातेको हो । उनीउपर सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीले यस्ता गतिविधिमा संलग्न अन्य व्यक्तिहरुको पनि खोजतलास गरिरहेको जानकारी गराएको छ । साथै, कोही कसैले यस्ता कार्य गरेको पाइएमा कानूनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।
 

टिप्पणीहरू