देउवाद्वारा मानव अधिकार विभाग विस्तार

देउवाद्वारा मानव अधिकार विभाग विस्तार
सुन्नुहोस्

नेपाली काँग्रेसको मानव अधिकार विभागमा सदस्य थपिएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य धना खतिवडा प्रमुख रहेको उक्त विभागमा दश जनालाई मनोनयन गर्नुभएको हो । 

नेपाली काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।  

थापिनेहरुमा झापाकी सर्मिला अधिकारी, धनुकटाका दुर्गाबहादुर सुवेदी, लम्जुङका डा.वासुदेव जोशी, बाराका कृष्ण चौधरी, काठमाडौंका रोहित पौडेल, मकवानपुरका रामकृष्ण प्रजा, कास्कीकी माया बराल, रोल्पाका मोहन परियार, जाजरकोटका चन्द्रप्रकाश अधिकारी र कञ्चनपुरका पुष्पराज पाण्डे छन् ।

टिप्पणीहरू