शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमा ओली सरकार गिर्ने रविको ठोकुवा

शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमा ओली सरकार गिर्ने रविको ठोकुवा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै केपी ओली नेतृत्वको सरकार ढल्ने ठोकुवा गरेका छन् ।

संविधान दिवसको अवसरमा रास्वपाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन् । अहिलेको सरकार दुई तिहाईको भनिए पनि देउवा रिसाएको एक सेकेण्डमा ढल्ने अवस्था रहेको लामिछानेले बताए । दुई तिहाईको सरकार भएको बेला जनताको आत्मबल बढ्नुपर्ने त्यस्तो नदेखिएको उनको दाबी छ ।

सरकारले आत्मबल गुमाएकै कारण टिसर्ट लगाएको आधारमा युवालाई समात्ने र उपसभामुखलाई हटाउने चलखेलमा लागेको उनले बताए ।  

संविधानले व्यवस्था गरेको शासकीय स्वरुपमा नै अस्थिरताको कारक रहेको उनको तर्क छ । त्यहि भएर आफ्नो दल प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने शासकीय स्वरुपको पक्षमा उभिएको लामिछानेको भनाई छ । प्रधानमन्त्री पाँच वर्षका लागि प्रत्यक्ष चुनिने र  विज्ञताका आधारमा मन्त्रीमण्डल गठन गर्ने शासकीय स्वरुप अहिलेको अवश्यकता भएको उनले उल्लेख गरे । 

वर्तमान सरकारले संविधान संशोधनको नाममा राजनीतिक स्वार्थको सौदाबाजी गर्न खाजेको भन्दै सभापति लामिछानेले आपत्ति जनाए ।

टिप्पणीहरू