रविले बुझेको ८१ लाख ससुरालीमा स्वाहा

रविले बुझेको ८१ लाख ससुरालीमा स्वाहा
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन महानिर्देशक हुँदा ससुरालीको कम्पनीलाई ८१ लाख पठाएको पाइएको छ । संसदीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा गोर्खा मिडिया,बालुवाटारबाट गोपीकृष्ण मुभिजका नाममा गरी दुई पटक ८१ लाख २५ हजार पेश्की गएको उल्लेख छ । 

आर्थिक वर्ष २०७७/७८ मा २५ लाख र आर्थिक वर्ष २०७८/ ०७९ मा ६६ लाख २५ हजार पेश्की बुझेको गोपीकृष्ण मुभिज भने अहिले बन्द छ । सात वटा पर्दा भएको उक्त हलको ठाउँमा पाँचतारे होटलसहितको बिजनेस कम्प्लेक्स बनाउने भनिएको थियो । सोहीबमोजिम शुरुमा चार वटा हल भत्काइयो । गत वर्ष फागुनदेखि यो हल पूर्णरुपले बन्द छ ।

राप्रपा नेता समेत रहेका उद्धव पौडेलले २०५२ सालमा गोपीकृष्ण खोलेका थिए । उनी निकिता पौडेल लामिछानेका बाबु हुन् । निकिताले रविसँग बिहे गरेपछि गोपीकृष्णको कारोबार निरक पौडेलले हेर्न थाले । निकिता अहिले नारी टिभीसँग सम्बन्धित छिन् ।

टिप्पणीहरू