बागदरबारबाट सिंहदरबार गएका हाकिमलाई मायाको चिनो

बागदरबारबाट सिंहदरबार गएका हाकिमलाई मायाको चिनो
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाले हालै सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको बिदाई गरेको छ । मेयर बालेन्द्र साह (बालेन) ले आज उनको बिदाई गरेका हुन् । 

प्रमुख प्रशासकीय अधिकृत परियारका कामको प्रशंसा गर्दै मेयरले मायाको चिनो प्रदान गरेका थिए । त्यसअघि परियारले आफ्नो कार्यकाल सात महिना २५ दिनमा भए गरेका महत्वपूर्ण कामको विवरण प्रतिवेदन बुझाएका थिए । परियारले भनेका छन्, ‘नेतृत्वलाई सफल बनाउँदा कर्मचारी स्वतः सफल होइन्छ । कार्यसम्पादनका क्रममा यो सोच राखेर काम गर्नुपर्छ ।’

भदौ २७ गतेको क्याबिनेट बैठकले महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेको हो । सोहीअनुसार भदौ ३० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई सरुवाको पत्र बुझाएको थियो । 

२०८० माघ ३ गते राष्ट्रिय योजना आयोगबाट सरुवा भएका परियारले माघ १० गते महानगरमा पद बहाली गरेका थिए ।

टिप्पणीहरू