सात समुन्द्र पारीबाट ओइरिए साधुसन्त

सात समुन्द्र पारीबाट ओइरिए साधुसन्त
सुन्नुहोस्

नेपालसहित विभिन्न देशका डेढ दर्जन साधुसन्त काठमाडौँमा भेला भएका छन् । 

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)ले आयोजना गरेको नेपाल भिजिट महोत्सवमा सहभागी हुन उनीहरु आज आइपुगेका हुन् । आजैदेखि शुरु भएको महोत्सव १० दिनसम्म चल्ने आयोजक संस्थाले जानकारी दिएको छ । 

नेपालको सांस्कृतिक र पर्यटन क्षेत्रमा टेवा पुर्याउन आयोजना गरिएको भनिएको महोत्सवमा भारत, कजाकिस्तान, बंगलादेश, अमेरिका, क्यानडालगायत मुलुकबाट सन्तहरु सहभागी रहेको बताइएको छ । 

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिआइपी सुविधा उपलब्ध गराइएको थियो ।
 

टिप्पणीहरू