अन्तिम क्षणसम्म केपी ओलीसँग जुध्ने दुर्गा प्रसाईंको उद्घाेष

अन्तिम क्षणसम्म केपी ओलीसँग जुध्ने दुर्गा प्रसाईंको उद्घाेष
सुन्नुहोस्

विवादास्पद मेडिकल व्यवासायी दुर्गा प्रसाईंले शरीरमा एक थोपो रगत रहुन्जेल प्रधानमन्त्री केपी शर्मा ओलीसँग लड्ने बताएका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले अदालत पुर्याउन भ्यानमा चढाउनुअघि उनले यस्तो बताएका हुन् । 

‘तस्करहरुविरुद्ध लड्दा मैले आज यो भोगेको छु’, उनले भने, ‘केपी ओलीसँग नि एक थोपो रगत हुञ्जेलसम्म लड्छु क्या !’

केही प्रहरीले प्रसाईंको दुई हात समातेर भ्यानमा बसाल्न खोजेका थिए । तर उनले हात झट्कार्दै थपे, ‘पक्रेजस्तो नगर्नुस् न यार, भ्रष्टाचारीलाई गरेजस्तो नगर्नुस् न ।’ 

उनीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य ज्वाला संग्रौलासहित केही महिलाले सामाजिक सञ्चालमार्फत् चरित्र हत्या गरेको आरोप लगाउँदै साइबर ब्युरोमा उजुरी दिएका थिए । काठमाडौँ जिल्ला अदालतबाट गत बुधबार प्रक्राउ पुर्जी जारी गरेसँगै आज ब्युरो टोली प्रसाईंको मध्यपुर थिमीस्थित निवासमा पुगेको हो । 

प्रहरीले अनुसन्धानका लागि प्रसाईंलाई १० दिन हिरासतमा राख्न अदालतसँग अनुमति मागेको बुझिएको छ ।

यो पनि...

भोटाहिटीमा प्रदर्शनलगत्तै दुर्गा प्रसाईं गिरफ्तार

टिप्पणीहरू