छानविन समितिको रिपोर्ट स्वीकार्य छ- रवि लामिछानेलाई

छानविन समितिको रिपोर्ट स्वीकार्य छ- रवि लामिछानेलाई
सुन्नुहोस्

सहकारी ठगी प्रकरणमा 'क्लिन चिट' पाएको दाबी गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू प्रवन्ध निर्देशक रहँदाका बखत गोरखा मिडिया नेटवर्क प्रालिमा भएको 'आर्थिक अपचलन' को जिम्मेवारी लिने बताएका छन् । 

आज साँझ फेसबुक लाइभबाट उनले त्यसो भनेका हुन् । सहकारीको बचत अपचलन र ग्यालेक्सी टिभीमा आएपछि भएको खर्चको विषयलाई छुट्याएर हेर्नुपर्ने बताएका लामिछानेले संसदीय छानविन समितिले पनि त्यसैगरी प्रतिवेदन तयार पारेको बताए । 

सहकारीको बचत हिनामिनामा आफूलाई समितिले दोषी ठहर नगरेको उनको दाबी छ । 'सहकारी छानविन समितिले सहकारीको पैसा हिनामिनामा व्यक्तिगत रुपले रवि लामिछानेको संलग्नता छैन भनेको छ', लामिछानेले भने, 'तर आफू कार्यरत रहेका बेला आएको पैसाको कानुनी कारवाहीको भागेदार हुन्छ है भनेको कुरालाई हामीले नकार्न मिल्दैन ।'

समितिले सहकारी ठगीमा आफ्नो संलग्नता नदेखाएको तर ठगिएर आएको रकमको सन्दर्भमा कानुनी कारवाहीको सिफारिस गरेको र उक्त कुरा आफूलाई स्वीकार्य रहेको लामिछाने प्रष्ट पारे ।

टिप्पणीहरू