प्रचण्डको निर्देशन पूर्वमुख्यमन्त्रीका छोराद्वारा अवज्ञा, कीर्तिपुरमा कुर्सी हानाहान

प्रचण्डको निर्देशन पूर्वमुख्यमन्त्रीका छोराद्वारा अवज्ञा, कीर्तिपुरमा कुर्सी हानाहान

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको महाधिवेशनमा आज पनि नाराबाजी भएको छ । महाधिवेशन बन्दसत्रमा उमेर हद राख्ने कि नराख्ने भन्ने विवादले उग्ररुप लिएको छ । 

अध्यक्षका उम्मेदवार तुकमान महरा नेतृत्वको समूहले उमेर हद नमान्ने भन्दै कार्यक्रमस्थलमा तोडफोड गरेको छ । आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इञ्चार्ज हिमाल शर्मासहितको टोलीलाई खुमलटारमा बोलाएर उमेर हदको विषयमा धेरै लफडा नगर्न निर्देशन दिनुभएको बताइन्छ । 

संगठनमा नेतृत्वको लागि उमेर हद राख्ने वा नराख्ने, राखेमा २८ वर्ष, ३० वर्ष वा ३२ वर्षबारे मतदान मार्फत् टुंग्याउन प्रचण्डको सुझाव थियो । सोही अनुसार अध्यक्ष मण्डलले मतदान गराउने तयारी गरेपछि उपाध्यक्ष तथा अध्यक्षमा दावी गरिरहेका महरा नेतृत्वको समूहले उमेर हद नमान्ने घोषणा गरेको हो ।

३४ वर्षीय महरा उमेर हद कायम भएमा अध्यक्षको उम्मदेवार हुन पाउँदैनन् । त्यसैले उनले कार्यक्रममा बखेडा निकालेको एक जना महाधिवेशन प्रतिनिधिले जानकारी दिए । रोल्पाका महरा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महराका माइलो छोरा हुन् । 

बन्दसत्रमा हिजो पनि एउटा विद्यार्थी समूहले प्रवेश शुल्कको विषयलाई लिएर नाराबाजी गरेको थियो ।

भिडियाे स्राेत : सामाजिक सञ्जाल

टिप्पणीहरू