नागरिक उड्डयन प्राधिकरणमा अख्तियारको छापा

नागरिक उड्डयन प्राधिकरणमा अख्तियारको छापा

सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अगाडिको क्यानको नयाँ भवन निर्माणमा अनियमितता भएको आशंकामा अख्तियारको टोलीले केहीबेरअघि छापा मारेको हो । टोलीले कार्यालयबाट कागजपत्र जफत गरेर लगेको बुझिएको छ । 

चार अर्ब लगानीमा बनेको उक्त भवन निर्माणमा १ अर्ब बढी भ्रष्टाचार भएको आरोप छ । भवनको 'सि ब्लक' निर्माणकै क्रममा एकातर्फ ढल्किएको थियो । अख्तियारमा परेको उजुरीमा कमसाल सामाग्री र प्राविधि प्रयोग गरी भवन बनाएर क्यान नेतृत्वले अनियमितता गरेको दावी गरिएको छ ।

क्यानका डिजी प्रदीप अधिकारीमाथि पोखरा विमानस्थल बनाउँदा पनि अर्बौं  घोटाला गरेको आरोप छ । त्यस सम्बन्धमा पनि अख्तियारले छानविन गरिरहेको छ ।
 

टिप्पणीहरू