पूर्वका ९ जिल्लामा बाढीको जोखिम

पूर्वका ९ जिल्लामा बाढीको जोखिम

जल तथा मौसम विभाग विभागले पूर्वी नेपालका ९ जिल्लामा भारी वर्षासँगै बाढीको जोखिम रहेको भन्दै सतर्क गराएको छ । 

विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज कोशी प्रदेशका अधिकांश नदी तथा खोलामा बाढीको सम्भावना रहेको जानकारी गराएको छ । ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी र आसपासका जिल्लामा नदीको बहाव बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम रहेको जनाइएको छ । 

यी जिल्लाका ठूला नदीमा बाढीको खतरा नभएपनि साना नदी तथा खोलामा जोखिम रहेको उल्लेख गर्दै महाशाखाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । 

त्यस्तै, भोजपुर, खोटाङ, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ र आसपासका जिल्ला भई बहने केही ससाना नदीहरुको पनि बहाव बढ्नसक्ने महाशाखाले जनाएको छ ।

टिप्पणीहरू