लोकसेवा तयारी कक्षामा पनि कोटा
आदिवासी जनजातिका निम्ति निःशुल्क लोकसेवा पूर्वतयारी कक्षा सञ्चालन गरिने भएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले नि:शुल्क कक्षा चलाउन लागेको हो ।
प्रतिष्ठानले अप्राविधिक शाखा अधिकृत, नायब सुब्बा र शिक्षा सेवातर्फ मावि, निमावि र प्रावि तहको प्रथमपत्र सेवा प्रवेश तयारी कक्षा सञ्चालन गर्न लागेको जनाएको छ । कक्षामा सहभागी हुन इच्छुक आदिवासी जनजाति समुदायका व्यक्तिहरुलाई आगामी कात्तिक २० गतेभित्र दरखास्त पेश गर्न आह्वान गरिएको छ ।
शाखा अधिकृत र नायब सुब्बाको तयारी कक्षा भौतिक उपस्थितिमा हुने छ भने शिक्षा सेवातर्फ सबै तहको तयारी कक्षा अनलाइनमार्फत हुने जनाइएको छ । यससम्बन्धी विस्तृत जानकारी प्रतिष्ठानबाट प्राप्त गर्न सकिने जानकारी गराइएको छ ।
टिप्पणीहरू