विपदमा फसेका, अलपत्र र बेपत्ताबारे जानकारी गराउन आग्रह
बाढीपहिरोका कारण राजमार्गलगायत विभिन्न स्थानमा फसेका व्यक्तिबारे सूचित गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आफन्त वा परिवारका सदस्य कहींकतै अलपत्र परेको भए सूचना टिपाउन सम्बन्धितलाई जानकारी गराएको छ ।
वीपी राजमार्गलगायत जिल्लाका कुनै पनि स्थानमा आफन्त अलपत्र परेको वा अहिलेसम्म सम्पर्कमा नरहेको भए तत्काल जानकारी गराउन जिप्रकाले भनेको छ ।
‘वीपी राजमार्गलगायत जिल्लाको कुनै पनि स्थानमा तपाईँका कुनै आफन्त, साथीभाई वा नजिकका व्यक्ति अलपत्र पर्नुभएको छ ? यदि उहाँहरु अहिलेसम्म पनि सम्पर्कमा आउनुभएको छैन भने, कृपया तुरुन्तै हामीलाई सम्पर्क गर्नुहोस्,’ प्रहरी कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
त्यस्तै, पहिचान हुन नसकेका, सम्पर्कमा नआएका अथवा उद्धार तथा राहतको खोजीमा रहेकालाई पनि प्रहरीको १०० नम्बरमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ । ९८५१२३५५५५, ९८५१२३७३३९, ९८५१२८०९८४, ९८५१२८४३७६ र ९८५११२३८०५ फोन नम्बरमा पनि सम्पर्क गर्न सकिनेछ ।
टिप्पणीहरू