अनलाइनबाटै वडा कार्यालयले गर्यो नागरिकता सिफारिस

अनलाइनबाटै वडा कार्यालयले गर्यो नागरिकता सिफारिस

चितवनको रत्ननगरमा अनलाइनबाटै नागरिकता सिफारिस हुन थालेको छ । रत्ननगर नगरपालिका १० नम्बर वडा कार्यालयले स्थानीय प्रशासनको सहकार्यमा आजदेखि अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस दिन थालेको जनाएको छ । 

विशेष कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन् । नयाँ प्रणाली शुरु भएसँगै नागरिकता अभिलेखीकरण, सेवा प्रवाहमा सहजता एवम् नागरिकता वितरणसम्बन्धी कार्य थप व्यवस्थित हुने विश्वास लिइएको छ ।

 

नागरिकता वितरणसम्बन्धी कार्यलाई प्रविधिमा आधारित बनाउन स्थानीय तहबाट नागरिकता सूचना व्यवस्थापन प्रणालीको ‘इन्टरनल मोड्युल’ प्रयोग गरी अनलाइनमार्फत् सिफारिस गर्ने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । जिल्लाका सम्पूर्ण स्थानीय तहमा यो प्रणालीको शुरुवात गरिने पनि सिडियो कार्यालयले बताएको छ ।

टिप्पणीहरू