सडक हेर्न सैनिक हेलिकोप्टरमा सररर
नेपाली सेनाका कर्णेल धर्वेन्द्रकुमार झा नेतृत्वको सरकारी टोली सडक अनुगमनका लागि हेलिकोप्टरमा काभ्रेपलाञ्चोकतर्फ उडेको छ ।
बाढीपहिरो प्रभावितको राहत तथा उद्धारका लागि हेलिकोप्टर अभाव भइरहेका बेला टोलि आज अपरान्ह त्यता गएको हो । सेनाको कल साइन एनए ०६१ बेल हेलिकोप्टर लिएर काभ्रेपलाञ्चोक गएकामा झा, भौतिक पूर्वाधार तथा यायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महनिर्देशक रामहरी पोखरेल र शुभराज न्यौपाने छन् ।
उनीहरु काभ्रेस्थित मंगलटार वरपरको सडक निरीक्षणका लागि गएको बताइएको छ ।
टिप्पणीहरू