नयाँ दिल्लीको खुफिया बैठकमा सामेल भयो नेपाली गुप्तचर टोली

नयाँ दिल्लीको खुफिया बैठकमा सामेल भयो नेपाली गुप्तचर टोली

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा नेतृत्वको टोली भारतीय खुफिया एजेन्सी ‘रअ’को सम्मेलनमा सहभागी हुन भारतको राजधानी नयाँ दिल्ली पुगेको छ । 

गुप्तचर टोली आज दिउँसो दिल्ली पुगेको हो । नेपाल एयरलाइन्सको उडान नम्बर आरए–२१७ मा हुतराज र विभागका उपअनुसन्धान निर्देशक प्रकाश आचार्य काठमाडौंबाट गएका हुन् ।  

नयाँ दिल्लीस्थित ‘रअ’को मुख्यालयमा आजदेखि ‘आतंकवादविरुद्ध दक्षिण–पूर्वी एसियाली मुलुकका खुफिया एजेन्सीका प्रमुखहरुको सम्मेलन’ शुरु भएको छ । सम्मेलन आगामी शनिबारसम्म हुने छ । 

उक्त वार्षिक बैठकमा सहभागी हुन ‘रअ’ प्रमुख रवि सिन्हाको निमन्त्रणामा हुतराज दिल्ली पुगेको जनाइएको छ ।

टिप्पणीहरू