बन्दीको रिट हेर्न दशैंमा पनि इजलास बस्ने

बन्दीको रिट हेर्न दशैंमा पनि इजलास बस्ने

दशैँ बिदामा पनि सर्वोच्च अदालतमा इजलास बस्ने भएको छ । घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द हुने भएपनि बन्दी प्रत्यक्षीकरणतर्फको रिटमा भने सुनुवाइ नरोकिने भएको हो ।

सर्वोच्चले आज सूचना जारी गर्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने जानकारी गराएको छ । न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा उक्त रिटमाथि सुनुवाइ हुने सूचनामा उल्लेख छ ।

‘घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाई गर्न बिहान ११ः०० बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

टिप्पणीहरू