बार अध्यक्षविरुद्धको मुद्दा फिर्ता लिने तयारी

बार अध्यक्षविरुद्धको मुद्दा फिर्ता लिने तयारी

सर्वोच्च अदालत प्रशासनले नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी मुद्दा फिर्ता लिने तयारी गरेको छ । उपरजिष्ट्रार गोविन्द घिमिरेले सामाजिक उक्त मुद्दा फिर्ता लिने जानकारी दिएका छन् ।

न्यायपरिषद्को न्यायाधीश सिफारिस सम्बन्धी निर्णयको आलोचना गर्दै अध्यक्ष घिमिरेले न्यायाधीश नियुक्तिमा रकमको चलखेल भएको सार्वजनिक रुपमा बताएका थिए । सोही विषयलाई लिएर उनीविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको थियो । 

कात्तिक १ लाई तोकिएको मुद्दाको पेसीअघि उपरजिष्ट्रार घिमिरेले बार एसोसिएसन जनताको आवाज र लोकतन्त्रको हिमायती भएकाले अदालत खुल्नेवित्तिकै मुद्दा फिर्ताको प्रक्रिया अघि बढाउने जानकारी दिएका हुन् । बडा दशैंको अवसरमा आजदेखि करिब दुई साता अदालत बन्द भएको छ । 

यसअघि सर्वोच्चका सूचना अधिकारीसमेत रहेका उपरजिस्ट्रार गोविन्द घिमिरेले अवहेलना प्रतिवेदनका आधारमा बार अध्यक्ष घिमिरेविरुद्ध मुद्दा चलाइएको हो । उपरजिष्ट्रार घिमिरेले सामाजिक सञ्जालमा आफू जीवनभर प्रजातन्त्रका लागि काम गरेको उल्लेख गर्दै कसैको प्यादा नबन्ने उल्लेख गरेका छन् ।

टिप्पणीहरू