नयाँ बसपार्कमा गाउँ फर्किनेको चहलपहल

नयाँ बसपार्कमा गाउँ फर्किनेको चहलपहल

दशैँको आगमनसँगै काठमाडौं उपत्यकाका बस पार्कहरुमा घर फर्किनेहरुको चहलपहल बढ्न थालेको छ । 

देशका विभिन्न ठाउँबाट काठमाडौँ आएर अध्ययन, पेशा, व्यवसाय गर्दै आएकाहरु दशैँ मनाउन घर फर्किन लागेसंगै बसपार्क क्षेत्रमा चहलपहल बढेको हो । आज घटस्थापनाको दिन बालाजुस्थित नयाँ बसपार्कमा घर जाने यात्रीहरुको भीडभाड देखिएको छ । 

आजबाट विद्यालयहरु बिदा भएकाले घर फर्किने अधिकांश विद्यार्थी छन् । यातायत व्यवसायीहरुले हरेक वर्षजस्तै यसपटक पनि दशैँका लागि बसको अग्रिम टिकट बुकिङ खुलाएका छन् ।

 तस्वीरहरुः

​​​​​​​

टिप्पणीहरू