उडान प्रभावित भए क्याबिन क्रुहरुले क्षतिपूर्ति तिर्नुपर्ने कर्मचारीहरुको निश्कर्ष

उडान प्रभावित भए क्याबिन क्रुहरुले क्षतिपूर्ति तिर्नुपर्ने कर्मचारीहरुको निश्कर्ष

नेपाल वायुसेवा निमग र त्यहाँका क्याबिन क्रुहरुबीचको विवाद थप पेचिलो बन्दै गएको छ । आज भएको दुईपक्षीय वार्तामा निगम उच्च व्यवस्थापनले माग सम्बोधन गर्न नसकिने बताएपछि क्याबिन क्रुहरु आक्रोशित भएका हुन् । 

सर्वोच्च अदालते केही समयअघि क्याबिन क्रुहरुको सेवा, सुविधा र सेवा अवधिमा विभेद नगर्न निगमको नाममा अन्तरिम आदेश जारी गरेको थियो । तर निगमले सर्वोच्चको आदेश पालना गर्न नसकिने अडान लिएपछि क्याबिन क्रुहरु झन् आक्रोशित भएका हुन् । वार्तालगत्तै क्याबिन क्रुहरु बिदा लेखेर घर गएका छन् ।

उनीहरुले माग सम्बोधन नभएसम्म काम नगर्ने अडान लिएपछि आज रातिका उडानहरु प्रभावित हुने अनुमान गरिएको छ । 

उता निगम कर्मचारीहरुको संगठन नेवानी कर्मचारी युनियन, नेवानी स्वतन्त्र कर्मचारी युनियन र नेवानी नेराकसंले फेरि क्याबिन क्रुहरुको आन्दोलन र अडानको विरोध गरेको छ । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै उडान प्रभावित भए त्यसको क्षतिपूर्ति क्याबिन क्रुहरुबाटै असुलउपर गर्नुपर्ने बताएका छन् ।

टिप्पणीहरू